१७ भाद्र २०७८, बिहीबार   246 पटक हेरिएको


image

अपी पावर कम्पनी लिमिटेड API को लाभांश सुरक्षित गर्ने आज भाद्र १७ गते अन्तिम दिन रहेको छ। कम्पनीको १८ औ वार्षिक साधारण सभा भाद्र २५ गते काठमाडौँमा हुन लागेको छ ।

कम्पनीको १८ औ वार्षिक साधारण सभाले लाभांश तथा हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली  भाद्र १८ गते देखि २४ गते सम्म बुकक्लोज गर्ने भएको छ ।

त्यसैले ,आज भाद्र १७ गते सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र लाभांश तथा सभामा भाग लिन सक्नेछन् ।कम्पनीले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको १:०.३९३६ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।





सम्बन्धित समाचार