१५ भाद्र २०७८, मंगलवार   542 पटक हेरिएको


image

प्रभु बैंक लिमिटेडले संस्थापक शेयर आज भदौ १५ गतेबाट लिलामी बिक्रीमा राखेको छ। बैंकको कुल २ लाख ५२ हजार ७२८ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। लिलामी शेयरमा विद्यमान संस्थापकसँगै इच्छुक व्यक्ति संघ,संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्।

लिलामी शेयरको न्यूनतम मूल्य प्रति कित्ता २१० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता वा १० अंकको गुणांकमा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछ ।

लगानीकर्ताले आफूले किन्न चाहेको सेयर संख्या तथा कबोल गरेको प्रतिकित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ।यस बैंकको सो धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

ईच्छुक लगानीकर्ताले आबेदन काठमाण्डौ हात्तीसार स्थित कार्यालयमा पेस गर्नुपर्नेछ। लगानीकर्ताले खरीद बोलपत्र आबेदन  भाद्र २८ गते बैंकिङ समयसम्म पेस गर्नुपर्नेछ।





सम्बन्धित समाचार