PalikaExpress
१४ भाद्र २०७८, सोमबार
488 पटक हेरिएको

मञ्जुश्री फाईनान्स लिमिटेडले संस्थापक समूहको शेयर लिलाम बोलकबोल बाट बिक्री गर्ने लागेको छ । फाईनान्सले ९,१८७ कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो। शेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ।

सो शेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, संघ संस्थाहरुले बोलपत्र पेश गरी खरीद गर्न सक्नेछन्। यो शेयर भाद्र १५ गते देखि भाद्र २० गतेसम्म बोलपत्र आबेदन पेश गर्न सक्नेछन।
ईच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि बोलकबोलको मुल्यमा आबेदन पेश गर्नुपर्नेछ।लगानीकर्ताले आबेदन एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाटमा आवेदन बुझाउनु पर्नेछ।