१४ भाद्र २०७८, सोमबार   364 पटक हेरिएको


image

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ३२ गते देखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण शेयरमा भाद्र १५ गते सम्म आवेदन दिन सकिने भएको छ । 

यस हाइड्रोपावर कम्पनीको साधारण शेयरमा आवेदन दिने अन्तिम दिन आज थियो,तर आज सार्वजनिक बिदा श्री कृष्णजन्माष्टमी परेको हुनाले मंगलबार बैंकिङ्ग समयपश्चात् मात्र बिक्री बन्द गरिन लागेको  छ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्कासन गरेको हो।

कम्पनीको साधारण शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । 





सम्बन्धित समाचार