१३ भाद्र २०७८, आईतवार   756 पटक हेरिएको


image

तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयरमा आवेदन दिने आज भाद्र १३ गते अन्तिम दिन रहेको थियो। 

आज बैंकिंग समय ५ बजे सम्म यस कम्पनीको शेयरमा आबेदन २३ लाख ९६ हजार ३ सय ४८ जना आवेदकले ३ करोड़ १२ लाख ४६ हजार ९ सय १० कित्ताका लागि आवेदन दिएका छन् । यस अनुसार अब केही संख्यामा भोली सम्ममा अझै बढ़ने सक्ने हुन सक्नेछ ।

यो आवेदन सर्वसाधारणका लागि माग गरिएको भन्दा ४२ गुणा बढी हो ।पावर कम्पनीले भदौ ९ गतेबाट सर्व-साधारणहरुका लागि ८ लाख कित्ताको ८ करोड रुपैयाँ बराबरको शेयरको बिक्री खुल्ला गरेको हो ।

जसमध्ये ५% अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २% अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्व-साधारणलाई छुट्याइएको छ ।

लगानीकर्ताले साधारण शेयरमा न्यूनतम १० कित्ता देखि अधिकतममा ६० हजार कित्ताका लागि आवेदन सक्नेछन् ।यस कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गरेको छ । 





सम्बन्धित समाचार