
अपि पावर कम्पनी लिमिटेडले बोनस शेयर वितरण पश्चात हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न बार्षिक साधारण सभा डाकेको छ। कम्पनीले भदौ २५ गते १८ औ वार्षिक साधारण भर्चुअल माध्यम मार्फत काठमाण्डौमा सञ्चालन हुने भएको छ।
सभाले आर्थिक वर्ष २०७७/७८ को खुद मुनाफाबाट चुक्ता पूँजीको १०.५ प्रतिशत बोनस शेयर वितरण गर्ने, सोको कर प्रयोजनार्थ ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने, बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १:०.३९३६ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ १८ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ। यसैले भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
यसका साथै हकप्रद शेयर जारी गर्ने कार्य गर्दा नियमनकारी निकायमा आवश्यक कार्य गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।