१३ भाद्र २०७८, आईतवार   190 पटक हेरिएको


image

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड “SEF” ले भाद्र ९ गतेबाट आफ्ना इकाईधनीहरुको बैंक खातामा लाभांश पठाउन सुरु गरेको  छ ।

सिद्धार्थ इक्विटी फण्डले गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाईधनीहरूलाई कर सहित ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।यस म्युचुअल फण्डले नगद लाभांश वितरण गर्नको लागि गत साउन ३२ गते १ दिन बुक क्लोज गरेको थियो । 

त्यसैले साउन ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र यो लाभांश प्राप्त गर्नेछन् ।  फण्डले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ ।





सम्बन्धित समाचार