१३ भाद्र २०७८, आईतवार   181 पटक हेरिएको


image

तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयरमा आवेदन दिने आज भाद्र १३ गते अन्तिम दिन रहेको छ । 

पावर कम्पनीले भदौ ९ गतेबाट सर्व-साधारणहरुका लागि ८ लाख कित्ताको ८ करोड रुपैयाँ बराबरको शेयरको बिक्री खुल्ला गरेको हो । जसमध्ये ५% अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २% अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्व-साधारणलाई छुट्याइएको छ ।

लगानीकर्ताले साधारण शेयरमा न्यूनतम १० कित्ता देखि अधिकतममा ६० हजार कित्ताका लागि आवेदन सक्नेछन् ।यस कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गरेको छ । 

ईच्छुक लगानीकर्ताहरुले सेबोन बाट अनुमति लिई सी-आस्वामा सदस्य बिभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट तथा  मेरो शेयर एप र पोर्टलबाट आवेदन दिन सक्नेछन् ।

यस कम्पनीको शेयरमा दोस्रो दिन सम्ममा ३० गुणा भन्दा बढी आबेदन परेको बिक्री प्रबन्धक क्यापिटलले जनाएको छ ।त्यसकारण यस कम्पनीको शेयर प्राप्त गर्ने भाग्यमा भर पर्नु पर्ने देखिन्छ ।





सम्बन्धित समाचार