१२ भाद्र २०७८, शनिबार   280 पटक हेरिएको


image

तेह्रथुम पावर कम्पनी लिमिटेडले भाद्र ९ गते देखि बिक्रीमा ल्याएको साधारण शेयरमा ११ गते शुक्रबार सम्ममा १७ लाख बढी शेयर आवेदकले आवेदन दिएका छन्।

शेयर निष्काशन तथा  बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार १७ लाख १८ हजार ६६३ जना आवेदकले २ अर्ब २८ करोड रूपैयाँ बराबरको २ करोड २८ लाख २ हजार १५० कित्ता शेयर खरिदका लागि आवेदन दिएका छन् ।

यो निष्काशनमा ल्याएको ७ लाख ४४ हजार कित्ताको ३०.६४ गुणा बढी हो ।शुक्रवार सम्म नै डी-म्याट खाता खोल्ने संख्या ४१ लाख नाघेकोले यो तथ्यांकलाई  हेर्ने हो भने अझै बढ़ी आबेदन पर्ने देखिन्छ ।

कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो । कम्पनीले बिक्रीमा ल्याएको कुल शेयर मध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ७ लाख ४४ हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

 कम्पनीले निष्काशन गेरको शेयरमा भदौ १३ गतेसम्ममा आवेदन दिन सकिनेछ । कम्पनीको साधारण शेयरमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको साधारण शेयरमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर एप तथा पोर्टलबाट पनि आवेदन दिन सकिनेछ।





सम्बन्धित समाचार