PalikaExpress
११ भाद्र २०७८, शुक्रबार
418 पटक हेरिएको

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडबाट सन्चालित ‘आरविवि म्यूचुअल फण्ड १’ नामक म्यूचुअल फण्ड नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ।
यस योजनाका प्रतिइकाइ १० रुपैयाँ दरका १२ करोड ५० हजार इकाइ नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत गर्ने सम्झौता सम्पन्न भएको हो। सम्झौतापत्रमा नेप्सेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।
यस फण्डको कोष प्रबर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र (Fund Manager)योजना व्यवस्थापक तथा डिपोजिटरी आरविवि मर्चेन्ट बैंक लिमिटेड हुने गरी ‘आरविवि म्यूचुअल फण्ड” अन्तर्गत संचालन हुनेछ ।यो बन्दमुखी योजना रहेको छ ।