११ भाद्र २०७८, शुक्रबार   131 पटक हेरिएको


image

साहस उर्जा कम्पनी लिमिटेडले साउन २९ गतेदेखि  निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण शेयरमा आवेदन दिने आज भाद्र ११ गते अन्तिम दिन रहेको छ ।

कम्पनीको उक्त साधारण शेयर आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका स्थानीय बासिन्दाहरुका लागि लागि निष्काशन गरेको थियो। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका दरले ३५ लाख कित्ताको ३५ करोड़ रुपैया बराबरको  साधारण शेयर निष्काशन गरेको हो। 

साधारण शेयरमा ग्लोबल आईएमई बैंक, सल्लेरी सोलुखुम्बु, नेपाल इन्भेष्टमेन्ट बैंक, लुक्ला, लक्ष्मी बैंक, मुग्ली र नेले शाखा सोलुखुम्बु, माछापुच्छ्रे बैंक, सल्लेरी, सोलुखुम्बु र प्राइम कमर्शियल बैंक, रमिते शाखा, सोलुखुम्बुबाट आवेदन दिन सकिनेछ।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।साधारण शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ।

यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।कम्पनीले पहिलो पटक आयोजना प्रभावित स्थानीय बासिन्दालाई ३५ लाख कित्ता र दोस्रो पटकमा सर्बसाधारणलाई ७० लाख कित्ता शेयर जारी गर्ने लागेको जनाएको छ ।





सम्बन्धित समाचार