१० भाद्र २०७८, बिहीबार   1646 पटक हेरिएको


image

एभरेस्ट बैंक लिमिटेडले २० लाख कित्ताको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।बैंकले  ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ भने १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने जनाएको छ।

बैंकले ८ वर्ष अवधिको  ८.५% ब्याजदर रहेको ८ बर्ष, ८.५% एभरेस्ट बैंक डीबेंचर’  नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।यस बैंकको ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्ने जनाएको छ ।

उक्त ऋणपत्र जारी गर्न नियामक निकाय नेपाल धितो पत्र बोर्डमा गत साऊन २० निबेदन पेश गरेको हो ।





सम्बन्धित समाचार