
नेपाल इन्भेस्टमेंट बैंक कोष प्रबर्धक तथा एनआईबीएल एस क्यापिटल योजना ब्यबस्थापक तथा डीपोजीटरी रहेको एनआईबिएल म्यूचुअल फण्ड अन्तरगत सन्चालित एनआईबिएल समृद्धि फण्ड १ ले भाद्र ९ गतेबाट इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गरेको छ ।

समृद्धि फण्डले नगद लाभांश वितरण गर्नको लागि श्रावण २९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । त्यसकारण श्रावण २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन्।
एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डले आर्थिक वर्ष २०७७/०७८ को लागि आफ्ना इकाईधनीहरूलाई ३५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको थियो ।
समृद्धि फण्डले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ ।