९ भाद्र २०७८, बुधबार   158 पटक हेरिएको


image

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । राजीनामा गर्नुअघि साउद अर्थ मन्त्रालय गएका थिए ।त्यहाँबाट फर्किएपछि उनले राजीनामा दिएको घोषणा गरेका हुन् । उनको कार्यकाल आगामी असोज २२ गते सकिँदैछ ।

नेप्सेमा सुचिकृत नभइसकेका कम्पनीको सेयर किन्नु नेपालको प्रचलित कानून बमोजिम गैर कानुनी नहुने भएतापनी प्रश्न चिन्ह उठेकाले अर्थमन्त्रालयलाई अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा पदबाट राजिनामा दिनएको हु साऊदले भनेका छन।

सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा श्रीमतिको नाममा सेयर किनेपछि सीईओ साउद विवादमा तानिएका थिए।संसदको अर्थ समितिका सदस्यहरुले धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीइओ साउदलाई निलम्बन गरी कारवाही सुरु गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो ।





सम्बन्धित समाचार