९ भाद्र २०७८, बुधबार   1071 पटक हेरिएको


image

कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ।बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ४० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

बैंकले सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै पहिलो हक़ भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको  सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्साल वा बैंकको केन्द्रिय कार्यालय, टंगाल, काठमाण्डौमा  आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो । सो शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने जनाएको छ ।





सम्बन्धित समाचार