
तेह्रथुम पावर कम्पनी लिमिटेडले आज भाद्र ९ गते बाट सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गर्दैछ ।यस पावर कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित ८ लाख कित्ता मध्ये ५% अर्थात ४० हजार कित्ता म्युचुअल फन्डलाई र २% अर्थात १६ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरेको छ ।
बाँकी रहेको ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणलाई बिक्री गरिने छ । यस पावर कम्पनीको शेयरमा छिटोमा भाद्र १३ गते र ढिलोमा भाद्र २३ गते सम्म आबेदन दिन सकिने जनाएको छ ।
यस कम्पनीको साधारण शेयरमा न्यूनतम १० कित्ता देखि अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ ।यसमा एनआइबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
लगानीकर्ताले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।मेरो शेयर एप तथा पोर्टल मार्फत अनलाइन आवेदन पनि दिन सकिन्छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले तेह्रथुम पावरलाई वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउने रटिङ दिएको छ । तेह्रथुम पावरले तेह्रथुम जिल्लामा ७.५ मेगावाटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।
कम्पनीले साउन ५ देखि १९ गतेसम्म आयोजना प्रभावित स्थानीयलाई ४ लाख कित्ता साधारण शेयर बिक्री गरेको थियो ।