८ भाद्र २०७८, मंगलवार   269 पटक हेरिएको


image

कोष प्रवर्द्धक एनएमबि बैंक , योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेको एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने ‘एनएमबि सरल बचत फन्ड–ई’ नामक म्युचुअल फन्ड यही भाद्र १७ गतेबाट बिक्री निष्काशन हुने भएको छ।

१० रुपैयाँ अंकित दरका कुल १० करोड कित्तामध्ये प्रथम चरणमा ४ करोड कित्ता बिक्री खुला गर्न लागेको हो। उक्त निष्कासन गरिने कित्तामध्ये योजनाको कुल कित्ताको १४ प्रतिशत कित्ता अर्थात १ करोड ४० लाख कित्ता कोष प्रवर्द्धक एनएमबि बैंकलाई तथा १ प्रतिशत १० लाख इकाइ योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित राखी बाँकी २ करोड ५० लाख कित्ताको सार्वजनिक निष्कासन गरिनेछ।यो योजना खुलामुखी रहेको छ।

यस फण्डमलगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम ४० लाख कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु र मेरो सेयर एप तथा पोर्टलबाट आवेदन दिन सक्नेछन्।

 यस योजनाको निष्कासन बन्द छिटोमा भाद्र २१ गते र ढिलोमा भाद्र ३१ गते सम्म आबेदन दिन सकिने जनाएको छ।यस योजनालाई धितो पत्र बोर्डले गत साऊन २२ गते अनुमति प्रदान गरेको हो ।





सम्बन्धित समाचार