८ भाद्र २०७८, मंगलवार   458 पटक हेरिएको


image

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयरको बाँडफाँड भईसकेको छ।  यस लघुबित्त कम्पनीमा साउन २७ गतेबाट ३१ गते सम्म जारी गरेको शेयरमा ८३.१० गुणा भन्दा बढ़ी आबेदन परेको थियो ।

संस्थाले रुपैया १०० अंकित दरका कुल ३ लाख ९३ हजार ७५० कित्ताको ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गरेको हो।जसमा जारी पुँजीको ०.५%ले हुन आउने ५ हजार ४६९ कित्ता सेयर कर्मचारीका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयर मध्ये ५%ले हुन आउने १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो।

बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्व-साधारणका लागि बिक्री खुला गरिएको थियो। सीडीएससीका अनुसार मानुषी लघुवित्तको साधारण शेयरमा २४ लाख ३ हजार ५५ आवेदकबाट ३ करोड ६ लाख ३२ हजार ४३० कित्ता सेयर माग भएको थियो। जुन मागभन्दा ८३.१० गुणा बढी हो।

यो कम्पनीको शेयर जम्मा ३६ हजार ८५९ जनाले १० कित्ताका दरले शेयरप्राप्त गरेका  छन भने ३ जनाले थप १,१ कित्ता शेयर बढ़ी पाएका  छन ।  यस लघुवित्तको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

यस लघु बित्त कम्पनीको पहिलो कारोबार(ओपनिङ रेञ्ज) का लागि प्रति शेयर न्युनतम १३०.९४ रूपैयाँ देखि अधिकतम ३९२.८२ रुपैयाँ ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ ।

नेपाल स्टक एक्सचेन्जले कुनै पनि कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।संस्थाको आर्थिक वर्ष २०७७/०७८ को प्रतिसेयर नेटवर्थ १३०.९४ रूपैयाँ रहेको छ । त्यसैको आधारमा  नेटवर्थको ३ गुणा ३९२.८२ रुपैयाँ हुने सम्भाबना रहेको छ।





सम्बन्धित समाचार