७ भाद्र २०७८, सोमबार   504 पटक हेरिएको


image

हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) को हकप्रद शेयरमा भोलि भाद्र ८ गते अन्तिम दिन आवेदन दिने रहेको छ । गत साउन ५ गतेबाट कम्पनीले सो हकप्रद शेयर १:१ को अनुपातमा जारी गरेको छ।

जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद सेयरधनीका लागि जारी गरेको छ। यो हकप्रदमा यसअघि साउन २५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएकोमा तर पछि कोभिड महामारीबाट उत्पन्न असहज परिस्थिति र हालसम्म प्राप्त दरखास्तलाई मध्यनजर गरी यो हकप्रदमा भदौ ८ गतेसम्म आवेदन दिने म्याद थपिएको थियो।

त्यसकारण भोलि बैंकिङ समयसम्म यो हकप्रदमा आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ।  हकप्रदमा ग्लोबल आईएमई क्यापिटल तथा ग्लोबल आईएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ भने नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एप तथा पोर्टल मार्फत आवेदन दिन सकिनेछ।

 कम्पनीले हकप्रद प्रयोजनार्थ गत जेठ २८ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत जेठ २७ गतेसम्म कायम सेयरधनीले यो कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन्। नेपाल धितोपत्र बोर्डले गत जेठ ९ गते यो हकप्रदलाई निष्कासनको अनुमति दिएको थियो।





सम्बन्धित समाचार