७ भाद्र २०७८, सोमबार   392 पटक हेरिएको


image

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयरमा साउन २७ गतेबाट ३१ गते सम्म जारी गरेको शेयरमा ८३.१० गुणा भन्दा बढ़ी आबेदन परेको छ ।

संस्थाले रुपैया १०० अंकित दरका कुल ३ लाख ९३ हजार ७५० कित्ताको ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गरेको हो।

जसमा जारी पुँजीको ०.५%ले हुन आउने ५ हजार ४६९ कित्ता सेयर कर्मचारीका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयर मध्ये ५%ले हुन आउने १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्व-साधारणका लागि बिक्री खुला गरिएको थियो। 

सीडीएससीका अनुसार मानुषी लघुवित्तको साधारण शेयरमा २४ लाख ३ हजार ५५ आवेदकबाट ३ करोड ६ लाख ३२ हजार ४३० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ८३.१० गुणा बढी हो। 

यो कम्पनीको शेयर जम्मा ३६ हजार ८५९ जनाले १० कित्ताका दरले शेयरप्राप्त गर्ने छन भने ३ जनाले थप १,१ कित्ता शेयर बढ़ी पाऊने छन । यस लघुबित्त कम्पनीको शेयरमा साढे २३ लाख बढी आवेदकको हात खालि हुने पक्का पक्की नै छ। 

यस लघुवित्तको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। यस कम्पनीको शेयरको बाँडफाँड आज सोमबार बिहान ८:३० हुने जनाएको छ ।यसको कम्पनीको शेयरको नतीजा हेर्ने meroshare.cdsc.com.np, iporesult.cdsc.com.np  र nsmbl.com.np बाट पनि हेर्न सकिने जनाएको छ ।     





सम्बन्धित समाचार