६ भाद्र २०७८, आईतवार   3134 पटक हेरिएको


image

सानिमा लाईफ इन्सुरेन्सको साधारण शेयरको सुरुवात मूल्य कति होला ।यस  इन्सुरेन्स कम्पनीको साधारण शेयरमा आवेदन दिएकामध्ये ५ लाख ४० हजार आवेदकले १०–१० कित्ता सेयर पाएका थिए।

यस कम्पनीको शेयरमा २४ लाख १९ हजार ८४८ जना आबेदकले आवेदन दिएका  थिए । जसमा ५ लाख ४० हजारले १०–१० कित्ता सेयर पाउँदा बाँकी आवेदकको हात खालि भएको थियो ।

कम्पनीले पहिलो कारोबारको लागि नेपाल स्टक एक्सचेञ्जबाट ११६.७४ रुपैयाँ देखि ३५०.२२ रुपैयाँ सम्म ओपन रेञ्ज पाउने देखिएको छ ।कम्पनीको आर्थिक वर्ष २०७७/०७८ को नेटवर्थ ११६.७४ रुपैयाँ रहेको छ ।

नेटवर्थको आधारमा अर्थात नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने पाउने भएकोले सोही अनुसार कम्पनीको साधारण शेयरले ११६.७४ रुपैयाँ देखि ३५०.२२ रुपैयाँ सम्म ओपन रेञ्ज पाउने भएको हो ।





सम्बन्धित समाचार