५ भाद्र २०७८, शनिबार   269 पटक हेरिएको


image

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको शेयर लिलामीमा ल्याएको छ ।बैंकले आफ्नो स्वामित्वमा रहेको ३ वटा कम्पनीको संस्थापक समूहको शेयर भाद्र ४ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो।मेरो माईक्रोफाईनान्स, आरएमडीसी लघुवित्त र नागरिक लगानी कोषको शेयर लिलामीमा बिक्री गर्न लागेको छ।

आरएमडीसी लघुवित्त वित्तीय संस्था- ३,०६,०६५ कित्ता ,न्यूनतम मूल्य -६०३ /-

मेरो माईक्रोफाईनान्स लघुवित्त-८६,३३९ कित्ता, न्यूनतम मूल्य -५७६/-

नागरिक लगानी कोष-३,५०,३६९ कित्ता , न्यूनतम मूल्य -१,४१०

तोकिएको छ ।उक्त शेयरमा लगानीकर्ताले भाद्र ४ गतेबाट भाद्र १८ गते सम्म बोलपत्र पेश गर्न सक्नेछन्  । लगानीकर्ताले मेरो माईक्रोफाईनान्स र नागरिक लगानी कोषको शेयरमा न्युनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि खरीदको लागि आवेदन दिन सक्नेछन् । आरएमडीसी लघुवित्तको शेयरमा भने न्यूनतम १००० कित्ताका लागि आवेदन दिनु पर्नेछ । यस कम्पनीहरुको  शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लिमिटेडको केन्द्रीय कार्यालय र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।





सम्बन्धित समाचार