५ भाद्र २०७८, शनिबार   495 पटक हेरिएको


image

सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधरण सभा आज भाद्र ५ गते हुँदैछ । गत  श्रावण १२ गते बसेको कम्पनीको सन्चालक समितिको बैठकको  निर्णयानुसार बार्षिक साधारण सभा आज ५ गते काठमाडौंमा बिहान ११ बजेबाट भर्चूअल माध्यमबाट सुरू हुनेछ । 

सभामा आर्थिक वर्ष २०७७/०७८ सम्मको सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई ११.५०% (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

यसैगरी, सो सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन , वासलात, नाफा नोक्सान हिसाब, नगदप्रवाह विवरण तथा अन्य बित्तीय बिबरण माथि छलफल गरी अनुमोदन गर्नुका साथै लेखापरीक्षकको नियुक्ती गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ । 

साथै उक्त सभाले साधारण शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।





सम्बन्धित समाचार