४ भाद्र २०७८, शुक्रबार   217 पटक हेरिएको


image

काठमाडौंमा आज ४ गते  शुक्रबारबाट ४० वर्ष माथिको उमेर समूह तथा १८ वर्ष पूरा भएका, ११ र १२ कक्षाका विद्यार्थी र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीलाई भेरोसेलको पहिलो मात्राको खोप लगाइने भएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य विभाग र जिल्ला स्तरीय खोप समन्वय तथा अनुगमन समितिको हिजो ३ गतेको बैठकले कोभिड-१९ विरुद्ध ४० वर्ष वा सो भन्दा माथिल्लो उमेर समुह, १८ वर्ष पुरा भएका कक्षा ११ र १२ का विद्यार्थीलाई र विश्वविद्यालय तहको परिक्षाको प्रवेशपत्र लिएका बिद्यार्थीलाई खोप लगाउने निर्णय गरेको हो ।

भदौ ४ देखि ८ गते विहान १० बजेदेखि ५ बजेसम्म काठमाडौ महानगरपालिकाले तोकिएका वडाका खोप केन्द्र तथा अस्पतालहरुमा सो खोप उपलब्ध गराइने काठमाडौं महानगरपालिकाले जनाएको छ ।





सम्बन्धित समाचार