४ भाद्र २०७८, शुक्रबार   572 पटक हेरिएको


image

मेगा बैंक कोष प्रवर्द्धक र योजना व्यवस्थापक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको मेगा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने १ अर्ब रुपैयाँ बराबरको ,१० बर्ष अबधिको बन्दमुखी योजना  ‘मेगा म्युचुअल फन्ड–१’ आज भाद्र ४ गतेबाट निष्कासन हुने भएको छ।१० रुपैयाँ अंकित दरका कुल १० करोड कित्ता निष्कासन गरिनेछ।

कुल कित्ता मध्ये १५% अर्थात १ करोड ५० लाख कित्ता कोष प्रवर्द्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख कित्ता सर्वसाधरणलाई बिक्री गरिनेछ। 

यो म्युचुअल फन्डमा लगानीकर्ताले न्यूनतम १०० देखि १ करोड कित्ता सम्म खरिद आवेदन दिन पाउनेछन्। ईच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर एपबाट पनि आवेदन दिन सक्नेछन्।

यस म्युचुअल फन्डको निष्कासन बन्द छिटोमा भाद्र १० गते र ढिलोमा भदौ १८ गतेसम्म आवेदन दिन सकिने जनाएको छ। 





सम्बन्धित समाचार