३ भाद्र २०७८, बिहीबार   590 पटक हेरिएको


image

 सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले २५ हजार ९ सय ११ कित्ता संस्थापक समूहको सेयरहरू बिक्री गर्न लागेको हो । 

बैंकले एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले सो संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र रित पुर्याई के कति कित्ता खरीद गर्ने हो सो कुरा ब्योहोरा खुलाई बैंकको केन्द्रीय कार्यालय काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।

यदि सो समय सम्म पनि नआएमा प्रचलित नियमानुसार अन्य ब्यक्तिलाई बिक्री गर्ने सो सूचनामा जनाएको छ ।





सम्बन्धित समाचार