PalikaExpress
३ भाद्र २०७८, बिहीबार
690 पटक हेरिएको

एनएमबि बैंक लिमिटेडले ३५ लाख कित्ताको ३ अर्ब ५० करोड़ रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।बैंकले १४ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ भने २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।

बैंकले १५ वर्ष अवधिको ४% ब्याजदर रहेको ’१५ बर्ष, ४% एनएमबि इनर्जी बोण्ड’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।यस बैंकको ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्ने जनाएको छ ।
उक्त ऋणपत्र जारी गर्न नियामक निकाय नेपाल धितो पत्र बोर्डमा गत साऊन २४ निबेदन पेश गरेको हो ।