३ भाद्र २०७८, बिहीबार   297 पटक हेरिएको


image

हाथवे इन्भेष्टमेन्ट कम्पनीले सर्व-साधारणहरुका लागि १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने भएको छ ।

कम्पनीको संचालक समितिको १४६ औ बैठकको निर्णय अनुसार १३ औँ बार्षिक साधारणसभा यही भाद्र २५ गते काठमाण्डौमा भर्चुअल माध्यमबाट हुने गरी सभा बोलाएको छ ।

कम्पनीको गत साउन ३२ गते बसेको सञ्चालक समितीको बैंठकले कम्पनीको जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख ५० हजार कित्ता साधारण शेयर जारी गर्ने प्रस्ताव सहित साधारण सभामा  पेश गरिने भएको हो । 

यसैगरी,यस कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई २५% बोनश शेयर र ३०% नगद लाभांश गरी कुल ५५ प्रतिशत लाभांश वितरणको प्रस्ताव समेत पेश गरिने भएको छ ।  ्





सम्बन्धित समाचार