२ भाद्र २०७८, बुधबार   450 पटक हेरिएको


image

अरुण काबेली पावर लिमिटेडले वार्षिक साधारण सभाको आह्वान गरेको छ ।कम्पनीको भाद्र १ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको ११ औ वार्षिक साधारण सभा आऊदो भाद्र २६ गते काठमांडौमा भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । हिजो मंगलबार बसेको संचालक समितीको बैंठकले गत आर्थिक बर्षको मूनाफाबाट आफ्नो शेयरधनीहरुलाई १७% बोनश सेयर र ०.८९% (कर प्रयोजनका लागि) नगद लाभांश वितरणको प्रस्ताव गरेको हो।

कम्पनीले बोनश शेयर वितरण पश्चात १:१  को अनुपातमा हकप्रद निष्काशनको लागि प्रस्ताव साधारण सभामा लैजानेछ । उक्त कम्पनीले साधारणसभा तथा लाभांश बितरणको लागी  भाद्र १५ गते देखी भाद्र २५ गते सम्म बुक क्लोज गर्ने भएको  छ ।

त्यसैले भाद्र १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सभामा सहभागी लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीको बार्षिक साधारण सभाले वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन,नाफा नोक्सान हिसाब ,नगद प्रबाह बिबरण तथा अन्य बित्तीय बिबरण उपर छलफल गरि पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ । 

साथै, उक्त सभाले नियमनकारी निकायबाट प्राप्त र्निदेशन बमोजिमका कार्य गर्न गराउन सञ्चालक समितीलाई अख्तियारी दिने सम्बन्धी प्रस्तावहरु मथि छलफल गरी पारित गर्ने जनाएको छ ।





सम्बन्धित समाचार