२ भाद्र २०७८, बुधबार   541 पटक हेरिएको


image

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साधारण शेयर निष्कासन गर्ने भएको छ ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सर्वसाधारण तथा कर्मचारीलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा   ४७ लाख ७९ हजार कित्ताको करोड़ ७९ लाख रूपैयाँ बराबरको साधारण शेयर  निष्कासन गर्न लागेको हो ।

कम्पनीले उक्त प्रयोजनका बिक्री तथा निष्काशनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका तर्फबाट कार्यकारी सञ्चालक डा. सुवर्ण दास श्रेष्ठले हस्ताक्षर गरेका छन् ।   





सम्बन्धित समाचार