१ भाद्र २०७८, मंगलवार   168 पटक हेरिएको


image

तेह्रथुम पावर कम्पनी लिमीटेडले भाद्र ९ गते बाट १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ताको रु. ८ करोड बराबरको आइपीओ निश्कासन गर्ने भएको छ ।

भाद्र ९ गते देखि खुल्ने आइपीओमा छिटोमा  भाद्र १३ गते सम्म ढिलोमा भाद्र २३ गते सम्म आवेदन दिन सकिनेछ । जम्मा ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता सेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ ।

बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ६० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । 

यस कम्पनीको साधारण शेयर बिक्री तथा निष्काशन एनआइबिएल एस क्यापिटल लिमीटेडले काम गर्नेछ । पावर कम्पनीले यसअघि आयोजना प्रभावितका लागि ४ लाख कित्ता सेयर बिक्री गरिसकेको छ । 





सम्बन्धित समाचार