१ भाद्र २०७८, मंगलवार   668 पटक हेरिएको


image

न्यादी हाइड्रोपावर लिमिटेडले भदौ १ गते आजबाट साधारण शेयर जारी गर्ने भएको छ। कम्पनीले सर्ब प्रथम आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि साधारण शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. १, २, ३ र ६ , मर्स्याङ्दी गाउँपालिका वडा नं. ६, ७ र ८ का स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता ,लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता शेयर र बाँकी ३ लाख कित्ता कम्पनीले संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि निष्काशन गर्न लागेको हो।

यस हाइड्रोपावर शेयर बन्द छिटोमा भदौ १५ गते र ढिलोमा भदौ ३० गते हुनेछ। शेयर लगानिकर्ताले एनएमबि बैंकको बेशीसहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेशीसहर, उदिपुर, दोर्दी, भोलेँटार, सुन्दरबजार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीका संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुले कम्पनीको कार्यालय, बुद्धनगरबाट आवेदन दिन सक्नेछन्।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।





सम्बन्धित समाचार