PalikaExpress
३२ श्रावण २०७८, सोमबार
572 पटक हेरिएको

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन ) बाट अनुमति प्राप्त गरेको छ ।

यस डेभलपमेन्ट बैंकले १०:३ को अनुपातमा १०० रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने २४,३३,३६३.६७४२ कित्ताको २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसा बराबरको हकप्रद सेयर निष्कासन गर्न साउन ३१ गते अनुमति प्राप्त गरेको हो ।
बैंकले हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।