PalikaExpress
३२ श्रावण २०७८, सोमबार
352 पटक हेरिएको

तेह्रथुम पावर कम्पनी लिमीटेडले भाद्र ९ गते बाट रुपैयाँ १०० अंकित दरका ८ लाख कित्ताको रु. ८ करोड बराबरको साधारण शेयर निश्कासन गर्ने भएको छ ।
कम्पनीले आऊदो भाद्र ९ गते देखि १३ गतेसम्म र ढिलोमा २३ गतेसम्म आवेदन दिने सक्ने छ । कम्पनीले कुल ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता शेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ ।
बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ । ईच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
यस कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमीटेडले काम गर्नेछ ।
यस पावर कम्पनीले आयोजना प्रभावितका लागि ४ लाख कित्ता सेयर बिक्री गरिसकेको छ ।