३२ श्रावण २०७८, सोमबार   541 पटक हेरिएको


image

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आज साउन ३२ गते देखि साधारण शेयर जारी गर्ने भएको छ। कम्पनीले सर्ब प्रथम आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुहरुलाई साधारण शेयर निष्काशन गर्न लागेको हो।

यस हाईड्रोपावर कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका स्थानीयहरुलाई निष्काशन गर्न लागेको हो।यस कम्पनीको शेयर बन्द छिटोमा भदौ १४ गते र ढिलोमा भदौ २९ गते हुनेछ।

यस हाईड्रो कम्पनी शेयर ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यस हाईड्रो कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ।लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।





सम्बन्धित समाचार