३१ श्रावण २०७८, आईतवार   238 पटक हेरिएको


image

ङादी ग्रुप पावर लिमिटेड NGPL ले लाभांश वितरण पश्चात हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको आज दिउँसो ३ बजे बसेको बैठकले गत आ.व.२०७७/०७८ का लागि लाभांश प्रस्ताव गर्नुका साथै लाभांश वितरणपछि कायम चुक्तापुँजी १:२ को अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो।

कम्पनीको चुक्ता पूँजीको २०% ले हुन आउने ११ करोड ७८ लाख २२ हजार ६० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ नगद लाभांश (१.०५%) ले हुन आउने ६२ लाख १ हजार १६१.०५ रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने भएको छ। 

सभाले प्रस्तावित सो लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित गरे पश्चात शेयरधनीहरुलाई वितरण गरिने जनाएको छ ।सोही बैठकले बोनस सेयर १:२ को अनूपातको हकप्रद शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्न आगामी वार्षिक साधारणसभा पेस गर्ने निर्णय पनि गरेको छ।





सम्बन्धित समाचार