३० श्रावण २०७८, शनिबार   401 पटक हेरिएको


image

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयरमा तेस्रो दिन शुक्रबार सम्म ६५.२० गुणा बढीले आबेदन परेको छ। लघुवित्त संस्थाले गत  साउन २७ गतेबाट रु.१०० अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ताको ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको साधारण शेयर  निष्कासन गरेको छ।

जसमा जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५ हजार ४६९ कित्ता सेयर कर्मचारीका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशतले हुन आउने १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। सीडीएससीका अनुसार शुक्रबार कारोबार अन्तिम समय सम्म यस  लघुवित्तको आईपीओमा १८ लाख ५६ हजार ५५० आवेदकबाट २ करोड ४० लाख ३४ हजार १५० कित्ता सेयर माग भएको छ। यो मागभन्दा ६५.२० गुणा बढी रहेको छ । 

मानुषी लघुवित्तको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। यो आईपीओको निष्कासन बन्द साउन ३१ गते हुनेछ।

 मानुषी लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत असार ३१ गते निष्कासनको अनुमति दिएको थियो। 

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो सेयर एप मार्फत आवेदन दिन सक्नेछन्।





सम्बन्धित समाचार