२९ श्रावण २०७८, शुक्रबार   218 पटक हेरिएको


image

सानिमा लाईफ इन्सुरेन्स लिमिटेडको साधारण शेयरको भोलि साऊन ३० गते  शनिबार बाँडफाँड हुने भएको छ।सानिमा लाईफको साधारण शेयर भोलि बिहान ११ बजे हुने शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ।

साधारण शेयर बाँडफाँड कार्यक्रम काठमाण्डौको दरबारमार्गस्थित सानिमा लाईफ इन्सुरेन्सको कार्यालयमा हुने भएको हो। कम्पनीले गत साउन २० गतेदेखि साउन २४ गतेसम्म १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण शेयर निष्कासन गरेको थियो।

सानिमा लाईफ इन्सुरेन्सको साधारण शेयरमा हालसम्मकै धेरै संख्यामा आवेदन परेको छ । यस इन्सुरेन्स कम्पनीको शेयरमा  आवेदन २४ लाख १९ हजार १२७ जनाको आवेदन परेको हो । 

२४ लाख १९ हजार १२७ आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ता सेयर खरिदका लागि आवेदन परेको जनाएको छ ।कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार साधारण शेयरमा माग भन्दा ६.८४ गुणा धेरै आवेदन परेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर बिक्री खुल्ला गरेको हो । जसमध्ये ५% अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५% सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।





सम्बन्धित समाचार