२९ श्रावण २०७८, शुक्रबार   428 पटक हेरिएको


image

मध्यभोटेकोशी जलबिधुत कम्पनीले पहिलो चरणमा स्थानीय आयोजना प्रभावितलाई जारी गरेको साधारण शेयरमा २.९ गुणा बढी आवेदन परेको छ।कम्पनीले पहिलो चरणमा स्थानीय आयोजना प्रभावितलाई कुल ६० लाख कित्ता साधारण शेयर जारी गरेको हो।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ ,६,७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि ३०%ले हुन आउने १८ लाख कित्ता साधारण सेयर र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाका लागि ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता साधारण सेयर निष्कासन गरिएको हो।

यो साधारण शेयरमा ८७ हजार ९९५ आवेदकबाट १ करोड ७४ लाख ३९ हजार ८०० कित्ताका लागि आवेदन परेको हो। जुन मागभन्दा २.९ गुणा बढी हो। शेयर आस्बा सेवाबाट ३६ हजार ६१० आवेदकबाट ७६ लाख ६६ हजार २४० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ।

त्यस्तैगरी बिभिन्न संकलन केन्द्रबाट ५१ हजार ३८५ आवेदकबाट ९७ लाख ७३ हजार ५६० कित्ता सेयर खरिदका लागि आवेदन परेको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ। 

यसअघि यो साधारण शेयरको निष्कासन छिटोमा साउन १७ गतेसम्म बन्द हुने भनिएको थियो। तर आयोजना प्रभावितबाट मागअनुसारको आवेदन नपरेका कारण यही साउन ३२ गतेसम्म आवेदन दिने म्याद थप गरिएको छ। 

स्थानीयका लागि खुलाइएको साधारण शेयरमा आवेदन दिन सिन्धुपाल्चोक जिल्लामा रहेका ३२ वटा बैंक तथा बित्तीय संस्थाका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यसैगरी लगानीकर्ताले आस्बा सेवामा सदस्य बैंक तथा वित्तीय संस्था, ईसेवा र आईएमई पेबाट पनि आवेदन दिन सक्छन्।





सम्बन्धित समाचार