२८ श्रावण २०७८, बिहीबार   403 पटक हेरिएको


image

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गते बाट साउन १९ गते सम्म निष्कासन गरेको  साधारण शेयरको बाँडफाँड साउन २६ गते भएको हो ।

यस जलबिधुत कम्पनीको शेयरको कारोबार दोस्रो बजार नेपाल स्टक एक्सचेञ्जमा अब छिट्टै नै सुरू हुने भएको छ । शेयरको बाँडफाँड पछि  शेयरको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९५.७५ रुपैयाँ देखि र अधिकतम २८७.२५  रुपैयाँ सम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ ।

हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्न पाऊने भएको कारणले  सेयर न्युनतम ९५.७५ रुपैयाँ देखि र अधिकतम २८७.२५  रुपैयाँ सम्म हुन सक्छ ।यस जलबिधुत कम्पनीको शेयरमा २१ लाख १८ हजार ९२५ जनाले आवेदकले २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि आवेदन दिएका थिए ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर  निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये २% अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५% अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको छ ।

सर्वसाधारणलाई छुट्याएको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता सेयर ६८ हजार ४ सय ७४ जनाले समान १० कित्ताका दरले प्राप्त गरे भने १० कित्ता भन्दा बढिका लागि आवेदन दिने आवेदकहरु मध्यबाट ६ जनाले ११ कित्ता सेयर प्राप्त गरेका थिए । 





सम्बन्धित समाचार