PalikaExpress
२८ श्रावण २०७८, बिहीबार
767 पटक हेरिएको

नेपाल स्टक एक्सचेञ्जमा बैंक अफ काठमाण्डू लिमिटेडको क्र.सं. १ देखि १६ लाख सम्मको रुपैया १००० अंकित दरको १६ लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ ।

स्टकका अनुसार “८.५० प्रतिशत बि.ओ.के डिबेन्चर २०८६” को १६ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो । १० वर्ष अवधिको लागि “८.५०% बि.ओ.के डिबेन्चर २०८६” नाममा १ अर्ब ६० करोड रूपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
सोही ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो ।यस ऋणपत्रलाई BOKD86 संकेत दिईएको छ ।कम्पनिले सर्बसाधारण समक्ष बि.ओ.के क्यापिटल मार्केट्स लिमिटेड धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मार्फ़त उक्त ऋणपत्र सर्ब साधारणको लागी खुल्ला बिक्री आहवान गरेको थियो ।