२८ श्रावण २०७८, बिहीबार   375 पटक हेरिएको


image

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।  कम्पनीको साउन २६ गते बसेको सञ्चालक समितिको १०५ औ बैठकले गरेको निर्णय अनुसार कम्पनीको १५ औ वार्षिक साधारण सभा भाद्र १८ गते काठमाण्डौमा भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । 

सभामा कम्पनीको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २०७७/०७८ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०% बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३% नगद लाभांश गरि कुल १०.५२६३% प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिनेछ । कम्पनीले लाभांश वितरण गरेपश्चात कायम हुने पुँजीको २:१ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि भाद्र ४ गतेदेखि भाद्र १८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।

त्यसैले, भाद्र ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।





सम्बन्धित समाचार