PalikaExpress
२७ श्रावण २०७८, बुधबार
514 पटक हेरिएको

एनआईसी एशिया बैंक कोष प्रवर्द्धक रहेको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले एनआईसी एशिया डाइनामिक डेप्ट फण्डका इकाईधनीहरुलाई १०% (कर सहित) वितरण गर्ने लाभांश घोषणा गरेको छ।
यस एनआईसी एशिया क्यापिटल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको १०% लाभांश सुरक्षित गर्ने आज साऊन २७ गते अन्तिम दिन रहेको छ ।
यस डाईनामिक डेप्ट फण्डले लाभांश वितरण गर्ने प्रयोजनका लागि भोलि साउन २८ गते बुकक्लोज गर्ने घोषणा गरेको हो । त्यसैले आज सम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।