PalikaExpress
२६ श्रावण २०७८, मंगलवार
477 पटक हेरिएको

सन नेपाल लाईफ इन्सुरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा साउन २५ गते काठमाडौंमा भर्चुअल माध्यम मार्फत् सम्पन्न भएको छ ।
सो सभाले धितोपत्र दर्ता गरी साधारण शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको छ । सभामा सर्वसाधारणका लागि ६० लाख कित्ता सेयर प्रिमियम मूल्य(थप मूल्य) मा बिक्री गर्ने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको हो ।
सञ्चालक समितिको अध्यक्षबाट वार्षिक प्रतिवेदन ,वासलात, नाफा नोक्सान हिसाब , सोही अवधिको नगद प्रवाह विवरण,आ.व.२०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन, लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिएको छ ।