PalikaExpress
२६ श्रावण २०७८, मंगलवार
537 पटक हेरिएको

थ्री स्टार हाईड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रभाबित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारणलाई १२ लाख ३१ हजार २ सय ५० कित्ताको १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने भएको हो ।

उक्त शेयर जारी गर्ने यस हाईड्रोपावर कम्पनीले नियामक निकाय नेपाल धितो पत्र बोर्डमा गत साउन १७ गते निबेदन पेश गरेको छ ।
यस कम्पनीको साधारण शेयर निष्काशनमा हिमालयन क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।