२६ श्रावण २०७८, मंगलवार   310 पटक हेरिएको


image

मैलुङ खोला जलबिधुत कम्पनी लिमिटेडले गत साउन १४ गते बाट साउन १९ गते सम्म निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण शेयरको प्रि-अलटमेन्ट साऊन २४ गते आइतबार निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा २:३० बजे सम्पन्न भएको हो ।

उक्त साधारण शेयरको बाँडफाँड आज मंगलवार १० बजे बिहान गर्न लागिएको सिद्धार्थ क्यापिटलले जनाएको छ।यस जलबिधुत कम्पनीको शेयरमा अन्तिम दिनसम्ममा २१ लाख १८ हजार ९२५ जनाले आवेदकले २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि आवेदन दिएका थिए ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर  निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये २% अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५% अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको छ ।

सर्वसाधारणलाई छुट्याएको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता सेयर ६८ हजार ४ सय ७४ जनाले समान १० कित्ताका दरले प्राप्त गर्नेछन् भने १० कित्ता भन्दा बढिका लागि आवेदन दिने आवेदकहरु मध्यबाट ६ जनाले ११ कित्ता सेयर प्राप्त गर्नेछन् । 





सम्बन्धित समाचार