PalikaExpress
२५ श्रावण २०७८, सोमबार
992 पटक हेरिएको

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको २०७७/०७८ मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको साउन २४ गते बसेको संचालक समितिको १०४ औ बैठकले शेयर धनिहरुलाई बोनस शेयर वितरण पश्चात हकप्रद शेयर पनि निष्काशन गर्ने घोषणा गरेको छ।कम्पनीले १०% बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३% नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजीको ५०% अर्थात २:१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने पनि घोषणा गरेको हो।
कम्पनीले सो लाभांश र हकप्रद आगामी वार्षिक साधारण सभामा प्रस्ताव पेश गर्नेछ।