२५ श्रावण २०७८, सोमबार   542 पटक हेरिएको


image

सानिमा लाईफ इन्सुरेन्सको साधारण शेयरमा हालसम्मकै धेरै संख्यामा आवेदन परेको छ । हिजो आईतबार आवेदन दिने अन्तिम दिन बेलुका ५ बजेसम्म शेयरमा २४ लाख १९ हजार १२७ जनाको आवेदन परेको जनाइएको छ ।

कम्पनीले साउन २० गते देखि साधारण शेयर निष्काशन तथा बिक्रि खुल्ला गरेको थियो । २४ लाख १९ हजार १२७ आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ता सेयर खरिदका लागि आवेदन परेको जनाएको छ ।

कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार बुधबार देखि जारी भएको साधारण शेयरमा शुक्रबार सम्ममा माग भन्दा ६.८४ गुणा धेरै आवेदन परेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर बिक्री खुल्ला गरेको हो । जसमध्ये ५% अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५% सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।यति धेरै आबेदन परे संगै यस इन्सुरेन्स कम्पनीको शेयर प्राप्त गर्न पनि भाग्यमा नै भर पर्नु परेको छ ।





सम्बन्धित समाचार