२५ श्रावण २०७८, सोमबार   298 पटक हेरिएको


image

हाईड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) को हकप्रद शेयरमा आवेदन दिने म्याद १५ दिन थप गरिएको छ। यस हाईड्रो कम्पनीले गत साउन ५ गतेबाट १:१ अनुपातमा हकप्रद निष्कासन गरेको थियो।

जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद शेयर जारी गरेको हो। उक्त हकप्रदमा आज साउन २५ गते सम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। तर कोभिड महामारीबाट उत्पन्न असहज परिस्थिति र हालसम्म प्राप्त दरखास्तलाई मध्यनजर गरी आवेदन दिने म्याद भदौ ८ गतेसम्म थपिएको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ। 

हकप्रदमा ग्लोबल आईएमई क्यापिटल तथा ग्लोबल आईएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ भने नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयर एप बाट पनि आवेदन दिन सकिनेछ। 





सम्बन्धित समाचार