PalikaExpress
२४ श्रावण २०७८, आईतवार
559 पटक हेरिएको

बरूण हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीले हकप्रद शेयर निष्कासनका लागि शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ।
आज कम्पनीको शेयर बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा बरुण हाइड्रोपावरका तर्फबाट सञ्चालक कृष्णलाल श्रेष्ठ र आरबीबी मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।